काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई अकास्मात रुपमा समिति बैठकमा बोलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले समिति बैठकमा मन्त्रिलाई लोकतान्त्रिक मूल्य, मान्यता र प्रणाली अनुरुप बोलाउनुपर्ने बताए । उनले मन्त्री भएकै कारण जतिखेरै आइहाल्नु भनेर बैठकमा बोलाउन नमिल्ने बताए ।
आइतवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बाेल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री श्रेष्ठलाई बोलाउने समिति बैठकको कार्यसूची नभएपनि सांसदहरुले मन्त्रि श्रेष्ठलाई बोलाउन माग गरेपछि समिति सभापतिले उनलई बोलाएका थिए ।