काठमाडौं । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सुरक्षाका लागि २ हजार ९६६ प्रहरी परिचालन भएको छ।
सुरक्षा व्यवस्था चुस्त बनाउन मन्दिर परिसरमा कमान्ड पोष्टको स्थापना गरिएको छ।
पशुपति क्षेत्रम प्रहरीको पैदल गस्ती, मोबाइल गस्ती, कर्डन, सादा पोशाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, सिसीटिभी, वाक थ्रु गेट, ड्रोनबाट निगरानी गरिएको छ।
तीजको दिन आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको सहजताका लागि चारवटै प्रवेशद्वार खुला गरिएको छ।
साथै ट्राफिक व्यवस्थापन र विपद व्यवस्थापन पनि चुस्त बनाइएको छ।





















