Hotel Panchthar Nepco Media

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । आज मन्त्रीपरिषद बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

प्रधानमन्त्री दाहालको आसन्न अमेरिका भ्रमण तथा त्यसपछि हुने चिनियाँ भ्रमणका बारेमा छलफल हुने जनाईएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नियमित प्रशासनिक एजेन्डाको विषयमा छलफल हुनेछन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न विदेश भ्रमणका विषयमा पनि बैठकमा जानकारी गराउने र त्यसका तयारीका बारेमा मन्त्रालयगत जानकारी लिने पनि कार्यसुचीमा राखिएको छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घ ७८औँ महासभामा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन ।