Hotel Panchthar Nepco Media

वीर अस्पतालको नयाँ भवनबाट हामफालेका एक पुरूषको मृत्यु

काठमाडौ ।वीर अस्पताल नयाँ भवनको छैटौं तलाबाट हामफालेर एक जना पुरूषको मृत्यु भएको छ।

आइतबार बिहान एक पुरूषले हाम्फाल्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए।

अन्दाजी ४० वर्षीय पुरूष मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ।