काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाउने घोषणा गरेका छन् ।
मेयर बालेनको सामाजिक सञ्जालमा यस्तो स्टाटसपछि विरोध र समर्थन उतिकै भएको छ ।
सामाजिक संजालमा फेसबुकमा स्टाटस लेख्दै उनले सरकारलाई समेत चोरको संज्ञा समेत दिन भ्याए । उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छ्न ।
आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।