काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एउटा टोली भारत पठाएको छ ।
सीआईबीले प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीलाई भारत पठाएको हो ।
हङकङबाट ब्रेक प्याडभित्र लुकाएर ल्याएको सुन ३ साउनमा बरामद भएको थियो ।
त्यसक्रममा सीआईबीले सुन आउने ठाउँ हङकङमा केही कागजातको संलकन र तथ्यहरुको प्रमाणिकरणका लागि एसएसपी दिनेश आचार्यलाई पठाएको छ ।
सीआईबीले हालसम्म यो प्रकरणमा २५ जनालाई पक्राउ गरेको छ ।