अरुको पहिचान र आस्थामा खलल पुर्‍याउन हुदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिचानको कुरा गर्दा अरुको पहिचान र आस्थामा खलल पुर्‍याउन नपाइने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले कसैको पहिचान र आस्थामा खलल पुर्‍याउन नपाइने कानुनी व्यवस्था रहेको स्मरण गराएका हुन् ।

कानुनविपरीत गतिविधिलाई राज्यले स्वीकार्न नसकिने भन्दै संविधान र कानुनविपरीतका गतिविधि नगर्न आग्रह समेत गरे ।