काठमाडौं । पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे खण्ड सञ्चालनमा आएको छ ।
बुधबारदेखि परेको वर्षाका कारण आज बिहानदेखि अवरुद्ध उक्त खण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको हो ।
विपद् व्यवस्थापन प्रहरी टोली, स्थानीय पालिकाको सहयोगमा पहिरो हटाएर राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।