Hotel Panchthar Nepco Media

नागरिकले सूचनाको हकको व्यापक प्रयोग गर्ने पाएनन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचनाको हकसम्बन्धी कानुन निर्माण भएको १६ वर्ष पूरा भएपनि नागरिकले यसको व्यापक प्रयोग गर्न नपाएको बताएका छन्।

१७ औं राष्ट्रिय सूचना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतान्त्रिक व्यवस्थामा सूचनाको अधिकार सुनिश्चित गरिनुको अर्थ हरेक सार्वजनिक निकायका काम कारबाहीमा नागरिकको निगरानी, हस्तक्षेप र खबरदारी बढाउनु भएपनि त्यसो हुन नसकेको बताएका हुन्।

‘यति लामो समय हुँदा पनि नागरिकले जुन रूपमा यो अधिकारको व्यापक प्रयोग गर्नुपर्ने हो त्यसो हुन सकिरहेको छैन,’ शुभकामना सन्देशमा प्रधानमन्त्रीले भनेका छन्।
प्रधानमन्त्री प्रचण्डले सार्वजनिक निकायका सूचना अधिकारीहरू सूचनाको हकका अभियन्ताहरू तथा सम्पूर्ण नागरिकहरूमा सूचनाको हकप्रति थप क्रियाशील रहन आव्हान समेत गरेका छन्।