काठमाडौं । पहिलो संस्करणको ‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड-२०८०’ को आवेदन शुक्रबार खुला गरिएको छ ।
नेप्को इन्टरटेनमेन्ट प्रालिले काठमाडौंमा पत्रकार सम्मेलन गरेर ‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड-२०८०’ को आवेदन फारम सार्वजनिक गर्दै घोषणा गरिएको हो ।
नेपाली गीत संगीत कर्मिहरूको सम्मान, हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन गईरहेको ‘नेप्को इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०८०’को पत्रकार सम्मेलन नेपाल संगीत उद्योग संघ, संगीत तथा चलचित्र उत्पादक समाजका अध्यक्ष सुर्य बहादुर मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।
नेप्को इन्टरटेन्मेन्ट अवार्ड २०८० नोमिनेसन खुला गरिएको घोषणा प्रमुख अतिथि मगरले गरेका हुन् ।
नेप्को अवार्ड ३७ बिधामा आजबाट फारम खुलेको छ ।यी विधाहरूमा अफिसियल वेबसाइट ग्लोबल अनलाइन पे बाट अनलाइन नोमिनेशन दर्ता गर्न सकिने मगरले बताए । नोमिनेसन दर्ता गर्ने अन्तिम मिति भदौ १ गते शुक्रबारदेखि भदौ १५ गते शुक्रबारसम्म रहेको छ ।
यस्ता म्यूजिक अवार्ड कार्यक्रमहरू राज्यले गर्नु पर्ने मगरले बताए । `अवार्डका कार्यक्रमहरू खर्चिलो र गाह्रो हुन्छन्, कम्पनी र संस्थाले अवार्डका कार्यक्रम गर्न धेरै गाह्रो हुने हुदा यो दाहित्व राज्यको हुनुपर्छ, अवार्डका कार्यक्रमहरू राज्यले गर्नुपर्ने हुन्छ,। हामी आफै लागेर नयाँ कलाकारहरूलाई प्रोत्साहन गर्न लागिपरेका छौं, सष्टाहरू सम्मान गरिरहेका छौं,´ उनले भने ।
नेप्को इन्टरटेन्मेन्ट प्रालिको टिम अनुभवी र दक्ष भएकाले नेप्को अवार्ड उदाहरणीय हुने मगरको दावी छ । मौलिक गीत संगीतलाई नेपालमा मात्रै हैन विदेशमा समेत चर्चित बनाउन नेप्को इन्टरटेन्मेन्टलाई सधै सहयोग र साथ हुने प्रतिबद्धता समेत मगरले गरे ।
संगीत उद्योग संघका महासचिव तथा नेप्को इन्टरटेनमेन्टका संचालक जीत सागर रावतले नेपाली मौलिक कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले नेप्को अवार्ड हुन लागेको बताए ।
बजारमा थुप्रै म्यूजिक अवार्डहरू हुने गरेका छन् । कतिपय म्यूजिक अवार्डहरूले कलाकारलाई प्रोत्साहन गर्ने गरेको भएपनि कति अवार्ड कार्यक्रमले विकृति पनि ल्याउने गरेकामा चिन्ता व्यक्त गरे ।
कलाकारहरूलाई नेप्को अवार्डको फारम किन भर्ने र किन लिने भन्ने लाग्न सक्छ, तर बजारमा धेरै अवार्डहरू भइरहेका छन् अन्य अवार्ड भन्दा नेप्को अवार्ड अलिक पृथक भिजनका साथ अगाडि बढेको दावी रावतको छ।
नेप्को इन्टरटेन्मेन्ट कम्पनी ०७५ सालमा स्थापना भएपछि गाउ तथा सहरका कलाकारहरूलाई अडियो तथा भिडियो निर्माणमा अवसर दिदै आएको र, बिदेशमा समेत सफल कार्यक्रम गरिसकेको अवगत गराए ।
नेपाली मौलिक गीत संगीत र कलाकारहरूलाई अगाडि बढाउन र माथि उठाउनको लागि भखर मात्रै नेप्को मिडिया डटकम दर्तागरि प्रमाणपत्र लिएर संचालन गरेका छौं, रावतले भने । नेप्को इन्टरटेन्मेन्ट अवार्डको छनौट प्रक्रिया नेपालमा हुने अवार्डहरूमध्ये सबैभन्दा निष्पक्ष र पारदर्शी रहने रावतले दाबी समेत गरेका छन् ।
त्यस्तै, अवार्ड कार्यक्रम गर्ने कम्पनीहरूमा नेपालको अर्को ऐतिहासिक कम्पनी नेप्को इन्टरटेन्मेन्ट प्रालि थपिएको संगीत तथा चलचित्र उत्पादक समाजका उपाध्यक्ष हुम गैरेले बताए । अवार्डको भब्य सफलताको शुभकामना प्रदान गर्दै उनले भने, `अवार्डको लाेकप्रियता घटिरहेको बेलो नेप्को अवार्ड निश्पक्ष भएर हवाईको गरिमा बढाउन सफल होस् ।´
अग्रज कलाकारलाई सम्मान र नवप्रतिभाहरूलाई प्रोत्साहन दिन नेप्को अवार्डलाई गैरेको जोड थियो ।
कार्यक्रममा संगीत उद्योग संघका महासचिव, नेप्को इन्टरनेन्मेन्टका संचालकले सभाध्यक्ष गरेका थिए भने, अतिथिहरूमा नेपाल संगीत उद्योग संघका कार्यसमिति सदस्य तथा चर्चित लोक गायिका लक्ष्मी रेग्मी, संगीत तथा चलचित्र उत्पादक समाजका उपाध्यक्ष तथा विशाल म्यूजिक इन्टरटेन्मेन्टका प्रवन्ध निर्देशक हुम गैरे, समाजसेवी पुन्य परियार, मोडल जगत आउजी र नेप्को इन्टरटेन्मेन्ट अवार्डका मिडिया कोडिनेटर उमेश बिकलगायतको उपस्थिति रहेको थियो भने,नेपाल संगीत उद्योग संघका कार्यसमिति सदस्य जानुका मगरलेकार्यक्रमको संचालन गरेकी थिइन् ।