काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले सुन व्यापारी राजेश अडुकियाका छोरा रोहनलाई पक्राउ गरेको छ।
दिल्लीबाट फर्किने क्रममा विमानस्थलबाट पक्राउ गरिएको हो। अध्यागमनले उनलाई कालोसूचीमा राखेको थियो।
एक सय किलो सुन तस्करी प्रकरणमा प्रहरीले राजेश अडुकियालाई खोजी गरिरहेको छ।
शुक्रबार बिहान दिल्लीबाट फर्किएपछि उनलाई नियन्त्रणमा लिइएको हो।