Hotel Panchthar Nepco Media

नागरिकमाथि भएको प्रहरी दमन तत्काल बन्द गर्न संसदमा माग

काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नागरिकमाथि भइरहेको प्रहरी दमन तत्काल रोक्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नागरिकताको माग राखेर भएको धर्नामा प्रहरीले दमन गरेको भन्दै यस्ता कार्य तत्काल रोक्न माग गरेका हुन् ।

माइतीघर मण्डलामा नागरिकता पाउनुपर्ने माग गर्दै धर्नामा बसेका नागरिकमाथि भएको प्रहरी दमनको निन्दा र भर्त्सना गर्दै उनले नागरिकलाई प्रहरी लगाएर दमन गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गरेका हुन् ।