संखुवासभा । संखुवा सभाको हेवा खोलामा आएको बाढीमा परेर १७ जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारका अनुसार हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनाका १७ जना कामदार बेपत्ता भएका छन्।
घटनाको थप विवरण आउन बाँकी छ ।