Hotel Panchthar Nepco Media

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, गण्डकी, कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै देशका बाँकी पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोसी प्रदेशमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

कोसी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोसी प्रदेशका तराई भू-भागका साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी तराई भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी प्रदेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती भने कोसी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ।

कोसी प्रदेशका केही स्थानहरूमा, देशका बाँकी पहाडी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ। कोसी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोसी प्रदेशका तराई भू-भागका साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी तराई भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।