मोरङ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई मोसो दलेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ० मोरङ सभापति सरोज पोखरेललाई बुधबार पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पोखरेललाई मोरङको बूढीगंगाबाट पक्राउ गरेर हिरासत लिएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभुप्रसाद ढकालले पोखरेललाई मोसो दलेको घटनामा मुख्य योजनाकारका रुपमा पक्राउ गरिएको बताए ।
विश्वविद्यालय सेवा आयोगको कार्यालयले इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दिएको थियो। पोखरेलसहित ३ जनाविरुद्ध किटानी जाहेरी छ।





















