काठमाडौं । हाल देशमा पश्चिमी वायुकाे आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ-गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले जानकारी दिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ-गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखाइएको छ।
साथै मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघ-गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।