Hotel Panchthar Nepco Media

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

प्रस्तावित प्रधानन्यायाधीश कार्की विरुद्धको उजुरी खोलिने

काठमाडौं। संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवनमा सोमबार बिहान ११ः०० बजे बस्ने गरी समितिको बैठक बोलाइएको छ ।

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरी खोलेर सदस्यहरूलाई वितरण गर्ने कार्य तालिका छ । यही १६ जेठमा १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको थियो ।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइसम्बन्धी कार्य तालिकामाथि छलफल गरी निर्णय गरिने बैठकको एजेण्डा रहेको छ ।