Hotel Panchthar Nepco Media

प्रतिनिधिसभा बैठक : अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दै छ ।

आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)मा अर्थमन्त्री डा.प्रकाश शरण महतले जवाफ दिने कार्यक्रम रहेको छ।

प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ आइतबार नै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै आजका लागि सारिएको हो ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे प्रतिनिधिसभा बैठक बस्न लागेको हो ।