Hotel Panchthar Nepco Media

नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तका पक्षबाट बहस सुरु

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आजबाट अभियुक्त पक्षबाट बहस सुरु हुने भएको छ ।

मङ्गलवार सरकारी वकिलको बहस सकिएपछि आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्दैछन् । सो बहसका लागि पूर्व महान्यायाधिवक्तादेखि नेपाल बार एशोसियनका बहालवाला अध्यक्षदेखि पूर्व अध्यक्षहरूले बहस गर्नका लागि नाम टिपाएका छन् ।

यसअघि, नै निर्धारण भएको बहसको समयअनुसार सरकारी वकिलले तीन दिनको बहस सकिएपछि अभियुक्त पक्षका वकिलहरूले आजबाट बहस सुरु गर्न लागेका हुन् ।

अभियुक्त पक्षका वकिलका लागि भने बहसका लागि ६ दिनको समय दिइनेछ ।

जिल्ला अदालत काठमाडौँमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश दिनेछ ।