मेयर बालेनको व्यङ्ग्य : बल्ल सांसदहरू वडाध्यक्षको हैसियतमा आउनुभयो

सांसद विकास कोष

काठमाडौं। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले सरकारले सांसद विकास कोष ब्युँताएकोमा आपत्ति जनाएका छन्।

अर्थमन्त्री डा.प्रकाशशरण महतले हिजो आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै सांसदहरूलाई ५ करोड दिने घोषणा गरेका थिए ।

सांसद विकास कोषबारे व्यङ्ग्य गर्दै मेयर साहले सांसदहरू वडा अध्यक्षको लेबलमा आएको बताए ।

‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो’, उनले भने, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरू रु’