Hotel Panchthar Nepco Media

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ।

बैठक आज बिहान ११ बजे बस्न लागेको संसद् सचिवालयले जानकारी दिएको छ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभाकक्षमा बस्ने बैठकमा नेपाल-भारत शान्ती तथा मैत्री सन्धि १९५० मा पुनरावलोकन गर्नुपर्ने विषय, नेपाल-भारत जलस्रोत सम्बन्ध आदि विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री प्रचण्ड आगामी जेठ १७ गते भारत भ्रमणमा जाँदैछन्।