लमजुङ । लमजुङको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले कुकुर पाल्नका लागि नगरपालिकाबाट अनुमती लिन सर्वसाधरणलाई आग्रह गरेको छ ।
नगरपालिकाले एक सुचना जारी गर्दै निजी रुपले पालिका कुकुरहरुलाई नगरपालिकामा दर्ता गरी अनुमति लिन १५ दिने सार्वजनिक सुचना जारी गरेको हो ।
बेसीशहर नगरपालिकाको क्षेत्रभित्र अत्याधिक रुपमा वेवारिसे तथा घरपालुवा कुकुरहरुको संख्या बृद्धि भई फाेहाेर प्रदुषण र दुर्घटनासमेत बढेको भन्दै त्यसलाई व्यवस्थापन गर्न नगरपालिकाले सुचना जारी गरेको हो ।
विशेषगरी कुकुरहरुले बजार क्षेत्र अन्तर्गतका सडक छेउमा रहेका घर तथा होटलहरुमा पसी खानेकुरा खाईदिने तथा घरभित्रै पसेर दिसापिसा गरी फोहर बनाउने र सडक पेटी तथा नालीहरुमा जथाभावी रुपमा दिशापिसा गरी फोहर भएको गुनासो आएसँगै त्यसलाइ व्यवस्थापन गर्न नगरपालिका लागि परेको सुचनामा उल्लेख गरिएकाे छ ।