काठमाट। पेप्सीकोलामा सवारी दुर्घटनामा परी घाइते भएका १४ मध्ये दुईजनाको मृत्यु भएको छ ।
जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी संघको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा६च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान ७ः३० बजे ठोक्किँदा दुर्घटना भएको थियो ।
दुई गाडी ठोक्किँदा वाग्मती प्रदेश ०२–०३७ प ५३११ नम्बरको डिओ स्कुटर र वाग्मती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको एफजेड मोटरसाइकल समेत दुर्घटनामा परेका थिए ।
दुर्घटनामा घाइते भएका मध्ये अस्पतालमा उपचारका क्रममा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुमोद ढुंगलले जानकारी दिए ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई र सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीय उषा थापा रहेका छन् ।