काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने कपन खोला आज खोतल्ने भएको छ।
शुक्रबार बिहानबाट खोला खोतल्न सुरू गरिने काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष विमल होडाले जानकारी दिए।
बिहीबार पनि काठमाडौं महानगरपालिकाको डोजर बूढानीलकण्ठ नगरपालिकाको सीमा क्षेत्रमा पर्ने साततले नजिकै खोला खोतल्न गएको थियो। तर, स्थानीय र जनप्रतिनिधिले प्रतिवाद गर्न थालेपछि खोला खोतल्ने महानगरको प्रयास असफल भएको वडाध्यक्ष होडाले बताए।
मिलनचोकदेखि दुर्गा मन्दिरसम्म र सरस्वतीनगर क्षेत्र बर्सेनि डुबानमा पर्छ। गोकर्णेश्वर नगरपालिकाको यज्ञडोल क्षेत्र र कपन गुम्बा भन्दा माथिल्लो भागदेखि बगेर आउने पानीले निकास नपाउँदा सडक(सडक बग्ने गरेको स्थानीय बताए।