Hotel Panchthar Nepco Media

भारतको पश्चिम बंगालमा रेल दुर्घटना ।

दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

काठमाण्डौ । भारतको पश्चिम बंगालमा सोमबार बिहान एउटा ठूलो रेल दुर्घटना भएको छ।  रेलवेट्र्याकमा उभिएको कञ्चनजंगा एक्सप्रेसलाई पछाडिबाट तीव्र गतिमा आएको मालगाडीले ठक्कर दिएको थियो । उक्त दुर्घटनामा अहिलेसम्म रेलका को पाइलटसहित ५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । नयाँ जलपाईगुडीबाट सियालदह जाँदै गरेको कञ्चनजङ्घा एक्सप्रेस सिलगढी पार गर्ने क्रममा रंगपानी स्टेशन नजिकै दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा रेलको पछाडिका दुईवटा यात्रु बोगी र एउटा पार्सल बोगीसहित तीनवटा बोगीमा नराम्ररी क्षति पुगेको छ । घटनास्थल वरपरका सबै सरकारी तथा निजी अस्पताललाई अलर्टमा राखिएको छ । दुर्घटनाका सम्बन्धमा रेलवेका अनुसार कन्टेनर ट्रेन सिग्नलभन्दा बाहिर गएर कञ्चनजङ्गा ट्रेनको पछाडिको भागमा ठोक्किएको थियो । उद्धार र राहत कार्यका लागि एनडीआरएफ, डिभिजन टोली र १५ वटा एम्बुलेन्स घटनास्थलमा पुगेका छन् । रेलमन्त्रीले वार रुमबाट घटनाको जानकारी लिइरहेका छन् । दुर्घटनालाई ध्यानमा राख्दै, रेलवेले यात्रु र उनीहरूको परिवारका लागि हेल्पलाइन नम्बरहरू पनि जारी गरेको छ।