काठमाडौँ । दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।
आइसीसी टी-२० विश्वकप अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको हो ।दक्षिण अफ्रिकाका लागि रीजा हेनड्रिक्सले सर्बाधिक ४३ रन बनाएका थिए भने कप्तान एडेन मार्क्रमले १५, ट्रीस्टान स्टबसले अविजित २७, क्वेंटन डिककले १० रन बनाएका थिए ।त्यस्तै नेपाली बलर दिपेन्द्र सिंह एरीले शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए । दिपेन्द्रले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिएका हुन् । त्यस्तै कुशल भुर्तेलले पनि शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए । उनले ४ ओभरमा १९ रन दिएर ४ विकेट लिएका थिए ।