एजेन्सी । अर्जेन्टिनाको बन्दरगाह सहर बहिया ब्लांकामा शनिबार शक्तिशाली आँधीमा परी खेलकुद क्लबको छाना खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
भारी वर्षा र हावाका कारण स्केटिङ प्रतियोगिता भइरहेको बहिया ब्लांकाको छत खसेको थियो । “दुर्भाग्यवश आपत्कालीन सेवाले बहिन्से डेल नोर्टे क्लबमा १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ,” एक विज्ञप्तिमा भनेको छ ।
अग्निनियन्त्रकहरूले भग्नावशेषमुनि फसेका मानिसको उद्धारका निम्ति काम गरिरहेको पनि नगरपालिकाले जनाएको छ ।































