Hotel Panchthar Nepco Media

बंगलादेशसँग श्रीलंका पराजित

काठमाडौं । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा बङ्गलादेशले श्रीलंकालाई ३ विकेटले पराजित गरेको छ ।

श्रीलंकाले दिएको दुई सय ८० रनको लक्ष्य बङ्गलादेशले ४१ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

आठ खेलमा २ वटै खेल जितेको बंगलादेश रन रेटका आधारमा सातौँ स्थानमा छ । श्रीलंकाले विश्व कप २०२३ मा आफ्नो अन्तिम खेल न्युजिल्यान्डसँग खेल्नेछ भने बङ्गलादेशले आफ्नो अन्तिम खेल अस्ट्रेलियासँग खेल्नेछ ।