एजेन्सी । फ्रान्सेली प्रेसका अनुसार हालै अमेरिकी शल्य चिकित्सकले मानव शरीरमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरेको जनाएको छ ।
मानव शरीरमा प्रत्यारोपण गरिएको सुँगुरको मृगौलाले ३२ दिनदेखि राम्रोसँग काम गरिरहेको शल्य चिकित्सकहरू बताएका छन ।
अमेरिकी शल्यचिकित्सकहरूले सुँगुरको मृगौलालाई ब्रेन डेड घोषित व्यक्तिको जीन परिवर्तन गरी शरीरमा प्रत्यारोपण गरेका थिए।
सुंगुरको मिर्गौलाले मानव शरीरमा राम्रोसँग काम गरिरहेको भन्दै ६१ दिन पछि परीक्षण बन्द गरेको शल्य चिकित्सकहरूले बताएका छन् । यो सफलतापछि ुजोनो ट्रान्सप्लांटु को क्षेत्रमा चिकित्सकहरुको अपेक्षा निकै बढेको छ ।
अमेरिकामा १ लाख ३ हजार भन्दा बढी मानिसहरु शरीरका अंगहरु प्रत्यारोपणको पर्खाइमा छन्, जसमध्ये ८८,००० लाई मिर्गौला चाहिएको छ । जुलाईमा शल्यक्रियाको नेतृत्व गर्ने न्यूयोर्क युनिभर्सिटी ल्याङ्गोन ट्रान्सप्लान्ट इन्स्टिच्युटका निर्देशक रोबर्ट मोन्टगोमेरीले विगत दुई महिनामा धेरै विश्लेषण र सावधानीपूर्वक अवलोकन गरेको र यसबाट धेरै कुरा सिकेको बताए। अहिले उनी भविष्यप्रति निकै आशावादी छन् ।