एजेन्सी । फिफा यु-२० विश्वकपको उपाधि उरुग्वेले पाएकाे छ ।
अर्जेन्टिनामा आइबार सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।
खेलको अन्तिम समयमा आएर ८६ औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गरेको गोलले अन्ततः उरुग्वेलाई विश्वकप विजेता बनाउन सफल भयो ।
उरुग्वेको जीतसँगै पहिलो पटक यु-२० विश्वकपको फाइनलमा पुगेको इटाली भने उप विजेतामा सीमित भयो।