दक्षिण कोरियास्थित नेपाली दूतावासले नेपालको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रत्यक्ष प्रभावित भई तत्काल स्वदेश फर्किनुपर्ने अवस्थामा रहेका नेपालीलाई आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ।
विशेष गरी बाढीबाट बढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला स्थायी ठेगाना भएका तथा कम्पनीबाट बिदा पाउन समस्या भोगिरहेका श्रमिकहरूलाई सहयोग गर्न दूतावासले यो कदम चालेको हो।
कोरियामा कार्यरत र बाढीका कारण घर फर्किनै पर्ने बाध्यतामा परेका नागरिकहरूले आफ्नो विवरण दूतावासमा टिपाउनुपर्नेछ ।
विवरण बुझाउँदा आफ्नो पूरा नाम, नेपालको स्थायी ठेगाना, टेलिफोन नम्बर, पासपोर्ट नम्बर, एआरसी नम्बरका साथै आफू कार्यरत कम्पनीको म्यानेजरको सम्पर्क नम्बर र इमेल ठेगाना समावेश गर्नुपर्ने दूतावासले जनाएको छ ।
































