रास्वपा सांसदको प्रश्न- सूर्यविनायक-धुलिखेल सडक कहिले बनिसक्छ ?

 राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डा.राम लामाले सूर्यविनायक–धुलिखेल सडकखण्डमा बन्दैगरेका पुलको निर्माण प्रगति निकै सुस्त रहेको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त सडकखण्डका पुलहरुको निर्माण कार्य चार वर्षमा करिब १२ प्रतिशत मात्रै सकिएको बताएका हुन् ।

यस्तै, सांसद लामाले ‘सूर्यविनायक–धुलिखेल सडक कहिले बनिसक्छ ?’ भन्दै प्रश्न गरे ।जागती खोला, महादेव खोलालगायतका खोलामा पुल निर्माणाधीन रहेको भन्दै उनले त्यसको प्रगति हुननसकेको पनि उनले बताए ।महादेव खोलामा पुल निर्माण सुरु भएको जानकारी दिँदै उनले अन्य दुई वटा खोलामा पुल निर्माण सुरु नै नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।