काठमाडौं — संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक शुक्रबार दिउँसो १ बजे सिंहदरबारस्थित संसद् भवनमा सुरु हुनेछ।
आजको बैठकमा दुई महत्वपूर्ण विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ:
-
कर्मचारी सञ्चय कोष संशोधन विधेयक: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नेछन्।
-
नेपाल कानुन आयोग संशोधन विधेयक: कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छबैठकमा दुवै विधेयकमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुने जनाइएको छ।































