काठमाडौं । इजरायलमा केयरगिभर क्षेत्रमा काम गर्न जाने नेपाली सहायक कामदारहरूलाई गोलाप्रथाबाट छनोट गरिको छ।
इजरायलको जेरुसेलमस्थित पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी ९पीबा०को कार्यालयमा सम्पन्न गोलाप्रथा कम्प्युटरको प्रयोगमार्फत् गरिएको हो। धेरै जना भएकाले समय बचाउन कम्प्युटरबाट छनोट गरिएको पीबाले जनाएको छ।
कुल दुई हजार दुई सय उम्मेदवारहरू यस चिठ्ठा प्रक्रियामार्फत इजरायलमा सहायक कामदारको रूपमा काम गर्न चयन गरिएको हो। चयन गरिएको समूहमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छन्।
अनियमित छनोट (लटी) इजरायलको अध्यागमन निर्देशक मोशे नकाशको उपस्थितिमा गरिएको हो। छनोटपछि उम्मेद्वारहरूको अन्तिम चरणको स्वास्थ्य जाँच हुनेछ। शारीरिक तन्दुरुस्ती पुष्टि भएकाहरूले सन् २०२४ सेप्टेम्बरदेखि कामका लागि जाने जानकारी काठमाडौंस्थित इजरायली दूतावासले जनाएको छ।
यसलाई दूतावासले नेपाल र इजरायलबीच चलिरहेको सहकार्यमा महत्त्वपूर्ण कदमको रूपमा चित्रण गरेको छ।