Hotel Panchthar Nepco Media

अनलाइनमार्फत ठगि गरेको आरोपमा युवती पक्राउ

काठमाडौं। सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाइ १ लाख ३५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी घर भई हाल ललितपुर बस्ने २० वर्षीया सुजता चौधरी रहेकी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनले विदेशी नागरिकका नाममा आइडी खोलेर ठग्ने गरेको प्रहरीले जनाएको छ ।

चौधरीलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको कार्यालयले जनाएको छ ।