Hotel Panchthar Nepco Media

‘नेप्को इन्टरटेन्मेन्ट अवार्ड’को टप फाइव सार्वजनिक हुँदै

काठमाडौं । ‘नेप्को इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०८०’का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गर्ने तयारी गरेको छ ।

नेप्को इन्टरटेन्मेन्ट प्रा.लि आयोजक रहेको अवार्ड ‘नेपाली गीत संगित कर्मिहरुको सम्मान हाम्रो अभियान’ भन्ने मूल नाराका साथ उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

पहिलो संस्करणको ‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड-२०८०’ को आवेदन भदौ १ गते शुक्रबार देखि भदौ २० गतेसम्म खुला गरिएको थियो।

नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्याउने स्रष्टालाई पुरस्कृत गर्दै थप उत्साह प्रदान गर्ने उद्देश्यले नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०२३’ आयोजना गरिएको आयोजकका अध्यक्ष जीत बहादुर रावतले बताए ।

संगीत उद्योग संघका महासचिव तथा नेप्को इन्टरटेनमेन्टका संचालक जीत सागर रावतको अध्यक्षता तथा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आथित्य, नेप्को इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०८० का प्रवन्ध निर्देशक डि.वि. थापा, नेप्को इन्टरटेन्मेन्ट अवार्डका कार्यक्रमका कोडिनेटर सुर्य वहादुर मगरले गर्ने कार्यक्रम व्यवस्थापक जानुका मगरले बताईन् ।

भोलि काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा एक कार्यक्रम आयोजना गरी नेप्को इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०८० का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक तथा प्रमाण-पत्र वितरण गरिने भएको छ ।

यस्तो छ विधाको सूची

आधुनिक विधा

अवार्डमा सर्वोत्कृष्ट शब्द रचना, सर्वोत्कृष्ट संगित, सर्वोत्कृष्ट शब्द रचना नर्व पर्तिभा, सर्वोत्कृष्ट भिडियो निर्देशक सर्वोत्कृष्ट भिडियो सम्पादक, सर्वोत्कृष्ट मोडल पुरुष, सर्वोत्कृष्ट मोडल महिला, सर्वोत्कृष्ट मोडल पुरुष नव प्रतिभा र सर्वोत्कृष्ट गायक भित्र रहेर छानिएको आयोजको जनाएको छ ।

पप गीत विधा

५० सर्वोउत्कृष्ट मोडल पुरुष नव प्रतिभा, सर्वोउत्कृष्ट भिडियो सम्पादन र सर्वोत्कृष्ट गायक पप गीत विधा भित्र रहेर छानिएको छ ।

लोक दोहोरी विधा अन्तरगत

सर्वोउत्कृष्ट शब्द रचना, सर्वोत्कृष्ट लय, सर्वोत्कुृष्ट मोडल पुरुष, सर्वोत्कृष्ट मोडल महिला, सर्वोत्कृष्ट मोडल महिला (नव प्रतिभा), सर्वोत्कृष्ट मोडल पुरुष (नव प्रतिभा), सर्वोत्कृष्ट गायक, सर्वोयत्कृष्ट गायिका, सर्वोत्कृष्ट नव गायक, सर्वोत्कृष्ट (नव गायिका), सर्वोत्कृष्ट ध्वानी सम्पादक, सर्वोत्कृष्ट र भिडियो छायाँकार लोक दोहोरी विधा अन्तरगत रहेका छन् ।

अन्य विधाहरु

सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत, चाडपर्वको गीत, सर्वोत्कृष्ट शब्द रचना तिज गीत, सर्वोत्कृष्ट मोडल पुरुष तीज गीत, सर्वोत्कृष्ट गायक तिज गीत, सर्वोत्कृष्ट गायिका तिज गीत, लाईभ दोहोरी रहेका छन् ।

तामाङ गीत विधा
सर्वोउत्कृष्ट मोडल पुरुष, सर्वोउत्कृष्ट गायक, सर्वोउत्कृष्ट गायिका, सर्वोउत्कृष्ट संगित, सर्वोउत्कृष्ट मोडल नव प्रतिभा रहेका छन्, भने सर्वोउत्कृष्ट गायक पुर्वेली विधा लगायत ३३ बिधा अवार्डमा समेटिएको छ ।