Hotel Panchthar Nepco Media

फिल्म ‘जय हो’ को व्यापार कति ?

काठमाडौं । शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘जय हो’ले ब्यापार कति गरेको छरु भन्ने लाग्नु स्वाभाविक हो। शुक्रबार र शनिबार फिल्मका मुख्य कलाकार हल–हलमा पुग्दै व्यापार आक्रामक भएको भन्ने गरेका थिए ।

तर, कलाकार पुगेका हलमा बाहेक अन्य हलमा फिल्मको व्यापार प्रचारप्रसार गरेअनुसार छैन ।

शुक्रबार, शनिबार र आइतबार मध्यान्हसम्म यो फिल्मले करिब ५ लाखके क्रस कलेक्शन गरेको बक्स अफिसले जानकारी दिएको छ ।

फिल्मको प्रचारमा यसका मुख्य २ कलाकार सलोन बस्नेत र केकी अधिकारीले कुनै कसर छाडेका थिएनन् ।

शनिबार हल पुगेका नायक सलोन बस्नेतले दर्शकले दिएको मायाले बल्ल आफूले श्वास फेर्न सकेको बताएका थिए । यता, प्रस्तुतकर्ता शोभित बस्नेतले पनि केकी र सलोनमाथि फिल्म चल्नु अगाडि आम फिल्मीकर्मीले विश्वास नगरेको भन्दै दर्शकले भने साथ दिएको प्रतिक्रिया दिएका थिए ।