काठमाडौं । चर्चित अभिनेत्री मिरुना मगर र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
काठमाण्डौको राइजिङ मलमा पत्रकार सम्मेलनको आयोजना गर्दै लेखक तथा गीतकार लीला सेलिङ् माबोको शब्दमा रहेको गीत सार्वजनिक गरिएको हो ।
देवेश राईको संगीत, एरेञ्ज तथा मिक्सिङ रहेको गीतलाई लिला र अन्जु सेलिङले निर्माण गरेका हुन्, भने करणको स्वर रहेको छ ।
यो गीत करण राई युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
आफ्नै गीतमा पहिलो चोटि डान्स गर्दाको अनुभवबारे कार्यक्रममा करणले बोलेका थिए ।
शानद्धरा निर्देशित म्युजिक भिडियोमा मिरुना र करण फिचर्ड छन् ।
फिल्मी शैलीमा तयार भएको भिडियोको प्रस्तुतीका कारण मिरुना र करणको जोडी जमेको छ । यो म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका छन्, भने रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन् ।
सुप्रिम पराजुलीको सम्पादन, कलर रहेको भिडियोमा प्रिया कार्कीको मेकअप रहेको छ ।