फिल्म ‘जय हो’को ट्रेलर हेर्नुहाेस्

काठमाडौं । फिल्म ‘जय हो’ को ट्रेलर सार्वजनिक भएको छ।

सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा सलोन बस्नेत, केकी अधिकारी र अर्पण थापाबीचको प्रेमकथा देखाइको छ।

टेक पौरखी राईले निर्देशन गरेको फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायत कलाकारको अभिनय छ।

समीर मियाँको भिएफएक्स र केबलमान सिंह बस्नेत प्रोडक्सन डिजाइनर रहेको फिल्मका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन्। सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी हाे भने, बनिष शाहको सम्पादन रहेको छ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई जिजिए ग्रूपले वितरण गर्दैछ।

यो फिल्म भदौ ८ गतेदेखि प्रदर्शन हुनेछ।