Hotel Panchthar Nepco Media

चिसोले अस्पतालमा बिरामीको चाप बढ्दै

वीरगन्ज । पर्सामा चिसो बढेसँगै रुघाखोकी, ज्वरोका बिरामी बढ्दै गएका छन् ।

केही दिनयता बढेको चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी बढेका हुन् ।

वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।