काठमाडौं। बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने भएको छ ।
नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् ९नारा०, नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा यही भदौ ९ गते शनिवार ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुन लागेको हो ।
नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गर्न लागिएको बताए ।
सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण वाग्मती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताहरूले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् ।
उक्त महोत्सव तथा महाजलयात्रा सम्पन्न गर्नका लागि रु पाँच लाख लाग्ने आयोजकले जनाएको छ ।