काठमाडौं । नेपाल र भारतबीच १० हजार मेगावाट बिजुली किनबेचको सम्झौता भएको छ ।
सिंहदरबारस्थित ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपाल प्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका छन्।
नेपाल र भारतका प्रधानमन्त्रीले घोषणा गरेको ७ महिनापछि सम्झौतामा हस्ताक्षर भएको हो। अब नेपाली बिजुलीले भारतीय मार्केट सहजै पाउनेछ।