Hotel Panchthar Nepco Media

आज देखी पेट्राेल सस्तो मूल्यमा पाइने

काठमाडौं । आज देखी घटेको मुल्यमा पेट्रोल तथा डिजेल पाइने भएको छ ।

नेपाल आयल निगमले गए राती १२ बजे देखी पेट्रोलियम पदार्थको मूल्य घटाएपछि सस्तोमा पाउन लागिएको हो ।

आयल निगमका अनुसार आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेल प्रतिलिटर ५ रुपैयाँ घटाएको छ ।

घटेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ र  डिजेल प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ। स्वचालित प्रणालीअनुसार निगमले मूल्य समायोजन गरेको हो।