Hotel Panchthar Nepco Media

प्रभु सेलेक्ट फन्डको लाभांश घोषणा

काठमाडौं । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘प्रभु सेलेक्ट फन्ड’ ले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।

क्यापिटलको सोमबार बसेको सञ्चालक समिति बैठकले प्रभु सेलेक्ट फन्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट करसहित ९।५० प्रतिशत का दरले नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको हो ।

यस क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज सम्बन्धी सूचना छिट्टै सार्वजनिक गर्ने बताएको छ ।