Hotel Panchthar Nepco Media

दर्ता भयाे `यात्री´माेटरसाइकल

नेपालमै उतपादित `यात्री´ मोटरसाइकलको दर्ता प्रक्रिया सुरू

काठमााडौ । `यात्री´ मोटरसाइकलको दर्ता सुरू भएको छ।

नेपालमै उत्पादित सवारी साधनहरूको आयातको क्रममा प्राप्त हुने प्रतितपत्र देखाउन नसकेकै कारण पनि दर्ता हुन नसकेको कारण `यात्री´ मोटरसाइकलको दर्ता हुन सकेको थिएन्।

सन् २०२२ देखि व्यावसायिक रूपमा उत्पादन थालेको यात्री मोटरसाइकल ले दर्ता नपाउँदा केही महिना अघि उत्पादन नै बन्द गरेको थियो।

संघीय सरकारबाट यातायात तथा सवारी ऐन–२०४९ र २०७४ मा संशोधित यातायात व्यवस्थापन निर्देशिका, २०६० ले सवारी दर्ताका लागि सक्कल भन्सार प्रज्ञापनपत्र र भन्सार महसुल तिरेको रसिद अनिवार्य बुझाउनु पर्ने व्यवस्था गरेको छ।

यसमा संशोधन भएसँगै `यात्री´बाट उत्पादित मोटरसाइकलको दर्ता सम्भव भएको हो। मूल्य अभिवृद्धि कर (भ्याट) बिल, अन्त-शुल्क निकासी फारमका आधारमा यात्री मोटरसाइकल दर्ता भएका हुन्।

यसअघि नेपालमा बनेका सवारीसाधनलाई कसरी मान्यता दिने, सवारी दर्ता गर्दा आवश्यक प्रज्ञापनपत्रको विकल्प के हुने, सवारी पहिचान नम्बर (भिआइएन) दर्ता कसरी गर्ने, भिआइएन नम्बर दोहोरिन नदिन कस्तो व्यवस्था लागू गरिने विषयमा अन्योल भएकै कारण दर्ता रोकिएको थियो।