सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलवार सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा ९ सय रुपैयाँले घटेर ३ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमवार भने सुन ३ लाख १ हजार रुपैयाँमा कायमा भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला २० रुपैयाँले घटेर आज चाँदी ४ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । सोमवार चाँदी ४ हजार ६२० रुपैयाँमा कायम भएको थियो ।