तनहँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा शेखर कोइराला पक्षधर विद्यार्थीहरूले समानान्तर गतिविधि अगाडि बढाएका छन् ।
शेखर पक्षले समानान्तर गतिविधिलाई अगाडि बढाएसँगै तनहुँको जिल्ला अध्यक्षमा सोन कुमार आलेलाई सर्वसम्मत घोषणा गरेका हुन् ।
कोइरालापक्षमा नेविसंघ केन्द्रीय सदस्य प्रेमिका राना मगर, नेविसंघ पूर्वकोषाध्यक्ष शिव रिमाल, केन्द्रीय सदस्यहरू भुवन भट्ट, विनोद शाही ठकुरी लगायतले तनहुँमा विद्यार्थी भेला गरी जिल्ला अध्यक्ष घोषण गरे।
केन्द्रीय प्रतिनिधि तोक्दा आफूहरूसँग समन्वय नगरिएको भन्दै कोइरालानिकट नेविसंघले केन्द्रीय प्रतिनिधि तोक्ने, जिल्ला भेला गरी जिल्ला अध्यक्ष तोक्नेजस्ता समानान्तर गतिविधिलाई तिव्रता दिएका छन् ।
नेविसंघलाई कांग्रेसले चैतभित्र १२ औं महाधिवेशन गर्न समय दिएको छ भने सहजीकरण गर्न निर्देशन समिति पनि गठन गरेको छ। तर समानान्तर गतिविधि हुँदा समेत निर्देशक समितिले समस्याको समाधान गर्न सकिरहेको अवस्था भने छैन् ।






























