चितवन । चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने सम्मानित भएकी छन् ।
गोरखा जिल्लाबाट स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका-१ मकैसिङकी रमिला चेपाङ सम्मानित भएकी हुन् ।
बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले चेपाङलाई एक कार्यक्रमका बिच सम्मानपत्र प्रदान गरिएको थियो । मन्त्री सिलवालले सीमान्तकृत समुदायका महिलाहरूका लागि प्रमिला प्रेरणाको स्रोत बन्नुभएको बताए ।
स्नातकोत्तर तह ९एमएड० उत्र्तीण गर्ने चेपाङ समुदायबाट जिल्लाकै पहिलो बनेकी छन् । रमिला २०७६ सालदेखि शिक्षण पेशामा आबद्ध छिन् ।

























