काठमाडौं । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको पिकअप भ्यान दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ ।
जैमिनी–७ जैदी र छिस्तीको सिमाना व्यार्थला नजिकै ग२च ९२४७ नम्बरको भ्यान आज बिहान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यस हुनेमा जीपका चालक बागलुङ जैमिनी–८ छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय बिनरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीष छन् ।
दुर्घटनामा घाइते भएका सोही ठाउँका ४५ वर्षीय गङ्गाबहादुर श्रीषको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनलाई उपचारका लागि धौलागिरि अस्पताल पठाइएको छ ।






























