बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त

काठमाडौं । संविधान दिवसका अवसरमा शुक्रवार भएको कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका बालेन समर्थकमध्ये एक जनालाई ज्यान मुद्दाका फरार अभियुक्त रहेको पाइएको छ।

तिलक खड्का नाम गरेका व्यक्ती ज्यान मुद्दामा फरार रहेको पाइएको काठमाडौं प्रहरी परिसरले जनाए।

प्रहरीले दरबारमार्ग क्षेत्रबाट ४ जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेकामध्ये तीन जनालाई शुक्रवार छाड्ने प्रहरीको तयारी छ। खड्कालाई भने पुरानो मुद्दाको आवश्यक कारबाहीका लागि अदालत उपस्थित गराइने छ।

साँझमा प्रधानमन्त्री आएर सम्बोधन गर्ने बेला प्रधानमन्त्री ओलीको नाम लिएर अश्लील नाराबाजी र हुटिङ गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।